GUESTBOOK.gif GUEST BOOK image by kibagus

Sunday, March 13, 2011

तुहिन लाग्यो लोकतन्त्र-कविता


  • तुहिन लाग्यो लोकतन्त्र-कविता 

कस्ले सुन्छ आमाको चित्कार ?
 कस्ले देख्छ आमाको बलत्कार ? 
 स्पर्श गर्न सक्छ को आमाको घाउ ? 
 यहाँ लोकतन्त्र पनि तुहिन लाग्यो ।

 आमा कसरी तिम्रो स्वतन्त्रताको रक्षा गर्ने ?
 कसरी तिम्रो आत्मविश्वास बलियो पार्ने ?
 अँग अँगमा यौवनको आँकुरा कसरी फुलाउने । 

 जुन वादी आए पनि कानुन फेरिने
 भाग बण्डा लगाउंदै नीति नियम फेरिने
 यस्तै छ हाम्रो परम्परा यसलाई कसरी सुधार्ने । 
महिषासुरको जमात बढिरहेछ दिन दिनै 
 महत्वाकाँक्षाको लहरमा लहराउनेहरु
 माटोमा मिल्ने शरीरमा अत्तर हाल्न रुचाउनेहरु
 आफै आफैमा रक्त पिपासु भइसके । 

 नयाँ युगमा प्रवेश गरेका हामी
 कतै देखिदैन नयाँ युगको लक्षण
 उस्तै छिन मेरी आमा
 उहि पिडा दुखमा छटपटाइरहेकी । 

 आऊ हामी सबै एकजुट भई खबरदार गरौं
 देवहरुलाई छानी दानवहरुको नास गरौं
 तुहिनबाट बचाऔं कलिलो लोकतन्त्रलाई ।
 -गीता खत्री  
Your Name

Author: Namastesansar

It is entertainment blog site.

0 comments:

Post a Comment