GUESTBOOK.gif GUEST BOOK image by kibagus

Saturday, March 12, 2011

गणतन्त्रको खेती (कविता )-नेपाली साहित्य


GUESTBOOK.gif GUEST BOOK image by kibagus
  • गणतन्त्रको खेती 
बिक्रम सुब्बा (कविता )

भन्दिनु है ? पारीजात दिदिलाई भन्दिनु 
दिदिले छोडेर गएको मुलुकमा 
संबिधानका पन्ना-पन्नामा फलेका 
गुलिया,चिप्ला र धारिला अक्षरहरु 
भोक मार्ने मकै-भट्मास बन्न सकेनन 
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है? पारीजात दिदिलाई भन्दिनु 
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली-गल्ली , सडक र चोक जोत्दै जादैछन 
फाली अड्काउने दरबारका जग समेत जोत्दै जादैछन 
सातसमुन्द्र पारी र चिमेक फिरङ्गी-मोडेलका 
ग्र्यान्डडिजाइन र रोड्म्याप जोत्दै जादैछन
 जोतेको सियो र खनेको चपरिमा 
आफ्नै रगतका विउ हाल्दै जादैछन 
यो महान खान जोतबाट कोही आतङ्कित छन 
र एम्बेसीहरुका गोप्य प्राविधिक सहयोगमा 
बचाउका काला बङ्कर तैयार गरिरहेछन 
तर कणतन्त्रको खेती गर्नेहरु 
बङ्करहरु पनि जोत्दै जादैछन

भन्दिनु है? पारीजाद दिदिलाई भन्दिनु ...
दिदिले छोडेर गएको मुलुकमा 
संबिधानका पन्ना-पन्नामा फलेका 
गुलिया,चिप्ला र धारिला अक्षरहरु 
भोक मार्ने मकै-भट्मास बन्न सकेनन 
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ::
  • भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा
गीता कार्की (कविता )

हुनसक्छ नोरा यही कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफै गाडी कुदाइरहेकी होस्
दन्त्यकथाको शिशिरजस्तै
हराएकी होस् अर्कै भूगोलमा

सायद इब्सेनका आँखाहरूमा
अपराजिता फुलेकी होस् नोरा
इब्सेन फूलका शैय्यामा
भोल्तेयर, दाँते र सेक्सपियर पढिरहेका हुन्
र टोल्भार्ल्डहरू पुतली नचाइरहेका हुन्
पुतलीहरू-
पाउजेबका सङ्गीतहरू रोकेर अनायास
बढारिरहेका हुन् सुकेका पतकरहरू

हुरीपछिको मौन आकाशमा
फेरि ताराहरू बल्छन्
कमल फुल्छ पानीमा
भीडहरूबीच एक्लो यात्रा गरिरहेकी नोरा
विस्थापित हुन्छे यात्रामै

उसका प्रश्नहरूले जवाफ पाऊन्-नपाऊन्
इनसाइक्लोपिडियाका पानाहरू नै उसका अर्थहरू हुन्
क्षितिजका रङ्गहरू नै उसका सपनाहरू हुन्
आफू हिंडेका-नहिंडेका बाटाहरूमा
कतै भीरहरूमा
ऊ अपराजिता फुलेकी होस्
म उसलाई तिनै बाटाहरूका,भीरहरूका
सेता-निला फूलहरू चढाएर
नियाल्छ-
क्षितिज, आकाश र बस्तीहरूमा
र, ऊ भिजेका बस्तीबाट उठेका बाफ
उसका घाउका रेखाहरूबाट कोत्रिएका वेदना
पग्लिरहन्छन् हरपल मेरा आँखाहरूबाट ::
Your Name

Author: Namastesansar

It is entertainment blog site.

0 comments:

Post a Comment