- प्रियसीको सम्झनामा ...
जीवनका हर क्षण हरपलमा
तिम्रै सम्झना तडपीइ रहेकोछु
दिन-अनी रातहरु गन्दै म त
मरुभुमीमा बसिरहेको छु
बिहानिको मिर्मिरे सगै
आँखा मिच्दै-मिच्दै म त
आफ्नो कर्ममा लागि रहेको छु!
कहिले तिमी सग मिलन हुन्छ भनी
म त ईस्वरसग कामना गरिरहेको छु
तिमी सँग बिताएका ति अबिस्मर्णिय
क्षणहरुसग म त कल्पनामा हराइरहेको छु
अनी ति सगै जिउने-सगै मर्ने खाएका
बाचा-बन्धनहरुलाई सम्झिरहेको छु !!
अनी तिमी सग धारा अनी पधेरोमा
चिसो पानीले एक अर्कामा छम्किएको पलहरुलाई
सम्झी-सम्झी बसिरहेको छु
फेरी ति दिन अनी रातहरु कहिले आउछ होला
मेरो जीवनमा भनी,ईस्वरसग प्राथना गरिरहेको छु!!!
परदेशी जीवन मा भोगेका तिता मिठाकुराहरु
कहिले आफ्नी प्रियसीलाई सुनाउ भनी
मन भरी सँगालेर राखीरहेको छु
तिम्रो सम्झना आउने त्यो तिम्रो तस्बिर,
हेरी-हेरी म त बसी रहेको छु !!!!
तिम्रो सम्झनामा दुई-थोपा आसु
यो मरु-भुमिमा बगाइरहेको छु
शायद अब चाडैनै हाम्रो मिलन होला
भनी ईस्वरसग प्राथना गरी बसीरहेको छु
फेरी पनि तिम्रो सम्झनामा तड्पीई-तड्पीई
मरुभुमीमा बसीरहेको छु!!!!!
-नमस्ते संसार (सलीम सुब्बा, मोरङ पथरी-१ )


















Nepalese Rupee Converter

0 comments:
Post a Comment